माछापुच्छ्रेको लाभांश वितरण, अझै नपाउनेले यस्तो गर्नुपर्छ

Jun 13, 2018 Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले १९ औ बार्षिक साधारण सभाले पारित गरेको ९ प्रतिशत बोनस तथा ६ प्रतिशत नगद लाभांश वितरण गरिसकेको जनाएको छ ।

बैंकले आफुसँग रहेको सेयर डिम्याट गराइसकेका सेयरधनीको खातमा नै बोनस जम्मा गरिएको जनाएको छ । त्यस्तै हितग्राही खाता (डिम्याट) मा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

हालसम्म कागजी प्रमाणपत्र धारण गरेका सेयरधनीको हकमा सेयर डिम्याट गराएर बैंकको पुतलि सडक स्थित सेयर शाखामा जानकारी गराएपश्चात बोनस वितरण हुने बैंकको भनाई छ । त्यसैगरि नगद लाभांश प्राप्त गर्न पनि डिम्याट खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक गर्नुपर्ने जनाएको छ ।

बैंकले गत बर्षहरुमा बितरण गरेको बोनस र हकप्रद सेयर तथा नगद लाभांश लिन बाँकि रहेका सेयरधनीहरुले सो सेयर तथा नगद लाभांश बैंकको पुतलिसडक स्थित सेयर शाखामा सम्पर्क गरि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।