सोही बैठकले दुबै बैंक एकीकृत कारोबार गरिसकेको अवस्थामा यसअघि टुरिजम् डेभलपमेन्ट बैंक र मेगाले घोषणा गरेको बोनस सेयर खारेज गर्ने र एकमुष्ट रुपमा मेगा बैंक सरह १०.७५ प्रतिशत बाेनस वितरण गर्ने निणर्य गरेको हाे ।
यसअघि टुरिजम् बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । अब टुरिजम बैंकका सेयरधनीले पनि १०.७५ प्रतिशत नै बोनस पाउनेछन् ।
यसअघि मेगा बैंकले चुक्ता पूँँजीको ९.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सो बेला मेगाको चुक्ता पूँजी ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५२० रुपैयाँ रहेको थियो । अब मेगा बैंकका सेयरधनीले पनि १०.७५ प्रतिशत बाेनस पाउनेछन् ।