फस्ट माईक्रोफाइनान्सको लिलामी सेयर खरिद गर्ने बुधबार अन्तिम दिन

Jun 13, 2018 Merolagani

फस्ट माईक्रोफाइनान्स (FMDBL) ले लिलामीमा ल्याएको २६ हजार ८८४ कित्ता साधारण सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने बुधबार अन्तिम दिन रहेको छ । लघुवित्तले जेठ २३ गतेदेखि हकप्रदमा अवितरित सेयर लिलामी बिक्री खुल्ला गरेको थियो ।

माईक्रोफाइनासको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

लिलामी सेयरमा ग्लोबल आईएमई क्यापिटल राष्ट्रिय नाचघर जमल, र ग्लोबल अमईएमई बैंकको शाखा कार्यालय बीरगञ्ज, बनेपा, हटौंडा, पोखरा सभागृह चोक, बुटवल मिलन चोक, विराटनगर, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत र धनगढीबाट दिउँसो ३ बजेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाइएको छ ।

६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयरमूल्य बुधबार प्रतिकित्ता ५५४ रुपैयाँ हाराहारीमा कारोबार भैरहेकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।