बैंकको सेयर बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटल रहेको छ । बैंकका सेयरधनीले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । सीआस्वा प्रणाली अन्तरगत सिडिएससीको मेरोसेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।
त्यसका अलवा क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोकबुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट तथा कुमारी बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट समेत हकप्रदमा आवेदन गर्न सकिने छ ।
बैंकको हालको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ । हकप्रद निष्काशनसँगै चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ। बैंकले गत आर्थिक वर्षको साधारणसभा गर्न बाँकी छ।