हाल कामना सेवा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीको ५.५ प्रतिशतले हुन आउने १३ करोड चार लाख ७० हजार १९२ रुपैयाँको बोनस तथा ६.५० प्रतिशतले हुन आउने १५ करोड ४१ लाख ९२ हजार ४६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।
बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । चालू आवको तेश्रो त्रैमासमा बैंकले २२ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।