विकास बैंक पनि के कम ? वाणिज्य बैंकलाई टक्कर दिँदै ल्याउन थाले नयाँ व्याजदर

Jun 14, 2018 Merolagani

अर्थतन्त्रका सम्बद्ध सबै पक्षको चिन्ताका रुपमा बैंकहरुको व्याजदर केन्द्रमा पर्दै गर्दा बैंकहरुले धमाधम व्याजदर बढाउन थालेका छन् । यो भिडमा वाणिज्य बैंक मात्र नभई विकास बैंकहरु पनि निक्षेप तान्ने होडमा उत्रिएका छन् । विकास बैंकहरुले पनि वाणिज्य बैंकको सरहमा व्याजदर दिने अफर ल्याउँदै सेवाग्राहीको ध्यान तान्ने कोशिस गरेका छन् ।

नेपाल बैंकर्स संघले व्याजदरको सीमाका सम्बन्धमा गरेको सम्झौता खारेज गरेसँगै बैंकहरु उक्त सीमाभन्दा माथिको विन्दुमा उक्लिन थालेका हुन् । यस क्रममा विकास बैंकहरुका तर्फबाट देवः विकास बैंक (DBBL) ले पनि १२ प्रतिशतको व्याजदर सार्वजनिक गरेको छ ।

बैंकले साधारण बचत तर्फ ९ प्रतिशतसम्मको व्याजमा निक्षेप संकलन गर्ने प्रस्ताव गर्दै मुद्धती निक्षेपमा साढे१२ प्रतिशतसम्मको व्याजदर घोषणा गरेको हो ।

नेपालका बैंकहरुको व्याजदर अन्य मुलुकको तुलनामा उच्च दरको रहेको भन्दै सम्बद्ध पक्षले केन्द्रीय बैंकको ध्यानाकर्षण गराई रहेका छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने मिति नजिकिँदै गर्दा यस्तो आवाज उठे पनि अहिले नै बैंकहरु निक्षेप बढाउने ध्याउन्नमा लागेका हुन् ।

यसरी महँगोमा निक्षेप संकलनका अफर आउँदै गर्दा राष्ट्र बैंकले तोकेको स्प्रेड ५ प्रतिशतसम्म हुँदा कर्जाको व्याजदर १७ प्रतिशतसम्म पुग्न थालेको छ । जसका कारण मुलुकको समग्र अर्थतन्त्र नै बैंकहरुको उच्च व्याजदरको शिकार बन्दै गएको छ ।

निर्माण परियोजनाका साथै उपभोक्तासँग प्रत्यक्ष जोडिने सेवा क्षेत्रको लागत बैंकहरुको उच्च व्याजदरका कारणले नै बढ्दै गएको छ । जसको अल्पकालीन मात्र नभई दीर्घकालीन असर पर्ने सम्बन्धमा चनाखो हुनुपर्नेमा सम्बद्ध पक्षले बिचार पुर्याउनुपर्ने देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।