सन नेपाल लाइफले आइपिओ निष्काशनको प्रक्रिया थाल्यो, ६० करोडको आउने

Jun 14, 2018 Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ निष्कासनको प्रक्रिया थालेको छ । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैकिङ् लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

विहिबार दुई कम्पनीबीच शेयर निष्कासन सम्बन्धि सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा सन नेपाल लाइफका प्रमुख कार्यकारी राज कुमार अर्याल र नेपाल एसबिआई मर्चेन्ट बैकिङ्का प्रमुख कार्यकारी रमेश घिमिरे हस्ताक्षर गरे ।

कम्पनीको गत फागुनमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले ३० प्रतिशत साधारण सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।

सबै प्रक्रिया पुरा गर्दा कम्पनीको आइपिओ आगामी असोजसम्म निष्कासन हुने एसबिआई मर्चेन्ट बैकिङ्का प्रमुख कार्यकारी रमेश घिमिरेले बताए ।

आइपिओ पछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ भने संस्थापकको शेयर स्वामित्व ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।

कम्पनीले २०७४ असोज ६ गतेदेखि कारोबार शुरु गरेको थियो । हालसम्म कम्पनीले ७ हजार बढी बीमा लेखा जारी गरेको प्रमुख कार्यकारी राज कुमार अर्यालले जानकारी दिए । २० वटा शाखा र ३५ वटा उप शाखा मार्फत वीमा सेवा प्रदान गर्दे आएको कम्पनीले आगामी असोजसम्म ८६ उपशाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ ।
कम्पनीले तेस्रो त्रैमासमा ११ करोड ६४ लाख नाफा कमाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।