रिलायन्स फाइनान्सको बोनस प्रस्ताव

Jun 14, 2018 Merolagani

रिलायन्स फाइनान्स कम्पनी (RLFL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

रिलायन्स फाइनान्स कम्पनीको सञ्चालक समितिको १९३ औं बैठकले ४५ प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ७४ करोड ३२ लाख २८ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने ८ करोड ९१ लाख ८७ हजार ४३५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त बोनस राष्ट्र बैंककोे स्वीकृती पश्चात फाइनान्सको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण हुनेछ ।

फाइनान्स कम्पनीले प्रस्ताव गरेको बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ पुग्नेछ । चालू आवको तेश्रो त्रैमासमा फाइनान्स कम्पनीले खुद नाफा कमाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।