लक्ष्मी र माछापुछ्रे बैंकले पनि बढाए व्याजदर

Jun 14, 2018 Merolagani

लगानीयोग्र रकमको अभाव खेपिरहेका बैंकहरुले धमाधम निक्षेपको व्याजदर बढाउन थालेका छन् । यस क्रममा लक्ष्मी बैंक र माछापुछ्रे बैंकले पनि निक्षेपको व्याजदर बढाएका छन् । बैंकर्स संघले व्याजदरको सीमा सम्बन्धमा गरेको सम्झौता खारेज गरे पछि बैंकहरु व्याजदर बढाउने होडमा उत्रिएका हुन् ।

लक्ष्मी बैंकले साधारण बचततर्फ ६ देखि ८ प्रतिशतसम्मको व्याजदर सार्वजनिक गरेको छ भने मुद्धती निक्षेपमा ११.५ प्रतिशतसम्म व्याज दिने प्रस्ताव गरेको छ

आधार व्याजदर ११.३५ प्रतिशत रहेको लक्ष्मीले न्युनतम ३ देखि ६ प्रतिशत प्रिमियम थप गरेर कर्जा परिचालन गर्ने जनाएको छ ।

उता माछापुच्छ्रे बैंकले मुद्धती निक्षेपमा नयाँ व्याजदर सार्वजनिक गर्दै ११.५ प्रतिशतसम्म पुर्याएको छ । बैंकले ९ महिनादेखि २ वर्ष अवधिको मुद्दति निक्षेपमा १२प्रतिशत तथा २ वर्ष भन्दा बढी अवधिको लागि ११ प्रतिशत र ९ महिनासम्मका लागि ११.५ प्रतिशत व्याज दिने भएको हो ।

यस अघि कुमारी, प्राइम, एनआइसी एसिया, सिभल, र सेन्चुरी बैंकले व्याजदर बढाईसकेका छन् । व्याजदर घट्ने आशमा रहेका आम मानिस व्याजदर एकाएक बढ्न थाले पछि चिन्तित बनेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।