संघिय नेपालका सात प्रदेश मध्ये हाल उत्पादन भैरहेको विद्युतको हिसाबले प्रदेश नम्बर ४ सबैभन्दा अगाडि रहेको छ । प्रदेश नम्बर ४ ले सबैभन्दा धेरै ४७९.१ मेगावाट विद्युत उत्पादन गरेको विद्युत विभागले जनाएको छ ।
त्यसैगरि दोस्रो स्थानमा रहेको प्रदेश नम्बर ३ ले ३४०.३ मेगावाट, प्रदेश नम्बर १ ले १२३.५ मेगावाट, प्रदेश नम्बर ७ ले ३८.५ मेगावाट, प्रदेश नम्बर ५ ले २१.७ मेगावाट र प्रदेश नम्बर ६ अर्थात कर्णाली प्रदेशमा ३.८ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।
प्रदेश नम्बर २ मा विद्युत उत्पादन शुन्य रहेको देखिएको छ । यस प्रदेशमा कुनैपनि आयोजना सञ्चालन रहेका छैनन् भने एउटा पनि निमाणाधिन जलविद्युत्त आयोजना रहेका छैनन् ।
जलविद्युतमा उत्पादनमा प्रदेश नम्बर ३ अब्बल, अन्य को कति ?
देशभित्र रहेको सात प्रदेशमध्ये प्रदेश नम्बर ३ जलविद्युत उत्पादनमा प्रदेश नम्बर ३को सशक्त उपस्थिति रहने भएको छ । यस प्रदेशले हाल उत्पादन भैरहेको विद्युतको हिसाबले हेर्दा प्रदेश नम्बर ४ भन्दा केही पछाडि देखिएपनि निमाणनाधिन आयोजनाबाट विद्युत्त उत्पादन हुँदा यो प्रदेश अब्बल बन्ने देखिन्छ ।
हाल निमाणनाधिन जलविद्युत्त आयोजनाबाट चार हजार ६४१ मेगावाट विद्युत उत्पादनको चरणमा रहेको छ । यसमध्ये प्रदेश नम्बर ३ मा मात्र दुई हजार ३२६.६० मेगावाटको आयोजना बन्दैछन् । यी आयोजना निमार्ण सम्पन्न हुँदा यस प्रदेशबाट कूल दुई हजार ६६६.९० मेगावाट विद्युत उत्पादन हुनेछ ।
दोस्रो ठूलो उत्पादन क्षमता राख्ने प्रदेश नम्बर ४ मा एक हजार ४०४.३ मेगावाट विद्युत आयोजनाहरु निमार्णाधिन अवस्थामा रहेका छन् । यी सबै आयोजनाहरु निमार्ण सम्पन्न भएमा यस प्रदेशमा कूल एक हजार ८८३.४० मेगावाट विद्युत उत्पादन हुनेछ ।
प्रदेश १ मा ७६५.४ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना निमार्णाधिन रहेका छन् । हाल १२३.५ मेगावाट विद्युत उत्पादन गरिरहेको यस प्रदेशलमा निमार्णधिन आयोजना पूरा हुँदा ८८८.९० मेगावाट विद्युत उत्पादन हुनेछ ।
प्रदेश नम्बर ७ मा निमार्णधिन आयोजनाको क्षमता ८९.३ मेगावाट रहेको छ । यस प्रदेशले हाल ३८.५ मेगावाट विद्युत उत्पादन गर्दे आएको छ । दुबै गर्दा यस प्रदेशमा १२७.८ मेगावाट विद्युत उत्पादन पुग्नेछ ।
प्रदेश नम्बर ५ मा १६.२ मेगावाट निमार्णाधीन आयोजना छन् । यस प्रदेशले २१.७ मेगावाट विद्युत उत्पादन गदै आएको छ । निर्माणाधिन अवस्थाको आयोजना सम्पन्न हुँदा यस प्रदेशको विद्युत उत्पादन ३७.९० मेगावाट पुग्नेछ ।
कर्णाली प्रदेशमा ३.८ मेगावाट क्षमताको उत्पादन गरिरहेको छ भने निर्माणाधीन आयोनाको क्षमता ३९.७ मेगावाट रहेको छ । यससँगै यस प्रदेशले ४३.५ मेगावाटको विद्युत उत्पादन गरेर योगदान गर्नेछ ।
प्रदेश नम्बर दुईले आजसम्म विद्युत उत्पादन गरेको छैन् भने कुनै पनि आयोजना निमार्णधिन अवस्थामा पनि रहेको छैनन् ।