बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट महाप्रवन्धक प्रदिप कुमार झाले सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएका शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ विकास बैंक (MNBBL) ले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।