'सतही सूचनाले लगानीकर्ता भ्रमित हुनसक्ने स्थिति राम्रो होइन'

Jun 16, 2018 Merolagani

छोटेलाल रौनियार 

हामी लगानीकर्ताका संघ संस्थाहरुले सकारात्मक र उपलब्धि भएका कुराहरुको जानकारी सर्बसाधारण लगानीकर्तालाई दिनुपर्छ । यसो भयो भनेमात्र धेरै समयदेखि पूँजी बजारमा छाएको कालो बादल र खस्केको मनोबललाई उस्कन सक्छ ।

केही अनलाइन र लगानीकर्ताबाटै पूँजीगत लाभकर र अनलाइन ट्रेडिङ्गका बिषयमा सही सन्देश जान सकिरहेको छैन कि जस्तो लागेको छ । सतही सूचनाले लगानीकर्ता भ्रमित हुनसक्ने स्थिति राम्रो होइन ।  सबै लगानीकर्ताहरु आफ्नो हक हीतप्रति संबेदनशील छन् ।

बजारमा आउने सतही सूचनालाई भन्दा वास्तविक तथ्यलाई आत्मसाथ गर्दै लगानीकर्ता अगाडि बढ्नुपर्छ । शेयर बजारमा लाखौं लाख लगानीकर्ता, त्यसमा पनि गृहणी, बिद्यार्थी, सरकारी कर्मचारी, निजी क्षेत्रका कर्मचारी समेत आवद्ध छन् ।

उनीहरुले धेरै मेहनत गरेर जम्मा गरेको बचत, बृद्धभत्ता, पेन्सन जस्ता कुराहरु पूँजी बजारमा लगाएका छन् । उनीहरुलाई सही सूचना दिन सकिएन भने मानसिक तनाव हुन्छ ।

लगानीकर्ताको नाताले मैले कुनै किसिमको प्रलोभनमा नपरी निस्वार्थ रुपमा यिनै लगानकिर्ताको हक र हीतमा काम गर्दै र  बोल्दै, लेख्दै आएको छु । म बाचुन्जेल लगानीकर्तालाई निस्वार्थ भावले सही सूचना दिने प्रण गर्दै अन्तर्राष्ट्रिय पूँजी बजारको स्तरको रुपमा हेर्न चाहन्छु ।

पूँजी बजारमा अहिले १५ खर्बको पूँजीकरण भएको छ । यो अर्थतन्त्रको मेरुदण्ड भइसकेको छ । यसर्थ नेप्से, धितोपत्र बोर्ड,सिडिएसी, बीमा समिति र राष्ट्र बैंकबिच समन्वय गरेर सकिन्छ भने एकद्वार प्रणाली अर्न्तगत पूँजी बजारको बिकास बिस्तार र लगानीकर्तामैत्री नियम बनाउँदै झन् झन् सहज बनाउँदै लानुपर्छ ।

अर्थमन्त्रालय र नियामक निकायहरुले भ्रम, अन्यौल,डर,त्रास बाधा उत्पन्न गर्ने गरी केही काम गर्नु हुँदैन । यसले लगानीकर्तामा नकारात्मक असर पर्न गई पूँजी बजारको दीर्घकालीन बिकासमा बाधा पुग्छ ।

७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर

उद्योगी ब्यापारीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले गत जेठ २८ गते आयोजना भएको गरेको पोष्ट बजेट छलफल कार्यक्रममा प्रमुख अतिथि डा. युवराज खतिवडा र बिशेष अतिथिका रुपमा राजस्व सचिव शिशिर कुमार ढुंगाना हुनुहुन्थ्यो । कार्यक्रममा देशकै प्रतिष्ठित उद्योगपति, व्यापारी, एशोसियट र बस्तुगत क्षेत्रका प्रतिनिधिको पनि बाक्लो उपस्थिति रहेको थियो ।

बजेट पछिको सो अर्न्तकृयामा ३०- ३५ जना उद्योगी व्यवसायीहरुले आफ्नो आफ्नो क्षेत्रका प्रश्न र सुझाव राखेका थिए । सो कार्यक्रममा लगानीकर्ताका तीनवटै संघ, संस्थाका प्रतिनिधित्व गर्दै मैले पूँजी बजारको अहिलेको जल्दोबल्दो समस्या माथि ध्यान आकर्षण गराएको थिँए ।

पूँजीगत लाभकर ५ बाट बढाएर ७.५ प्रतिशत पु-याएको अवस्था एकातिर थियो भने अर्कातिर लगानीकर्तालाई बज्रपात हुने गरी पूँजी बजारले थेग्नै नसक्ने गरी बोनस र हकप्रद सेयरको मूल्य रु १०० कायम गरी त्यो भन्दा माथिको मूल्यमा बिक्री गर्दा त्यसलाई नाफा मानेर ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको अवस्था थियो ।

कार्यक्रममा सबै सहभागीको प्रश्नको उत्तर दिनेक्रममा राजस्व सचिव शिशिर ढुंगानाले ७.५ प्रतिशतको पूँजीगत लाभकर अन्तिम कर हो, हामी चाँडै कार्यबिधि बनाउँछौं । यस्तो सकारात्मक कुरा छ, सबैलाई सेयर गर्नुहोस भन्नुभयो ।

उहाँले बोनस र हकप्रदको बेसरेट कायम गर्ने कुरामा एउटा समिति बनाएर छलफलबाटै समाधानमा पुगाैंला भनेर आश्वस्त समेत पार्नुभयो । अर्थमन्त्रालयमा हामी डेलिगेशन जाँदा पनि राजश्व सचिव ढुंगानाले ७.५ प्रतिशतको लाभांश करलाई अन्तिम कर हो भनेर भन्नु भएकै हो ।

तर उहाँको यो भनाईलाई हामीले कहिले पनि प्रचार-प्रसार गरेनौं । किनभने अर्थमन्त्रीको उपस्थितिमा राजस्व सचिवले देशभरका उद्योगी व्यवसायी र मिडियाहरुको अगाडि ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हो भनेर सार्वजनिक कार्यक्रम मै बोलेपछि सबै सामु छलङ्गै हुने नै भयो ।

(राैनियार इन्भेष्टर्स फोरम नेपालका उपाध्यक्ष हुन् । )

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।