सुरुङ भित्र कालीकोट जिल्ला सिउना गाउँपालिका ४ का ३२ बर्षिय प्रदिप शाही, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका १ का ४४ बर्षिय प्रेम परियार, भारतको झारखण्डका सुधन मुण्डा र भारतकै बिहार प्रान्तकै नन्द किशोर सुरुङमा पुरिएका थिए ।
जिल्लाको मकालु गाउँपालिका फ्याक्सिन्दामा निर्माणधिन राष्ट्रिय गौरबको आयोजना अरुण तेश्रोको ड्याम साईड निर्माण स्थलको सुरुङको प्रवेशद्वारलाई पुर्ने गरि माथिबाट निरन्तरको पहिरो खसेको थियो ।
घटनाको उद्धार गर्न शुक्रबार साँझ नै सुरक्षाकर्मी खटाईएपनि छिन–छिनमा पहिरो झरेकाले उद्धारमा समस्या भएको थियो ।