एनएमबिको एफपिओ नबिकिरहेका बेला अर्को साता निष्काशन हुँदैछ ५ अर्बको अर्को एफपिओ

Jun 17, 2018 Merolagani

थप नयाँ सेयर (एफपिओ) बिक्री नभएर कम्पनीहरु सुस्ताई रहेका बेला नेपाल बैंकको झण्डै ५ अर्ब रुपैयाँ बराबरको एफपिओ स्वीकृत भएको छ । एनएमबि बैंकको ठुलो संख्याको सेयरमा ज्यादै न्युन मात्रामा आवेदन परिहेका बेला नेपाल बैंकको एफपिओको अवस्था के होला भन्ने चासो बढेको छ । 

यसै बीच नेपाल बैंकले आगामी साता एफपिओ निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । धितोपत्र बोर्डले २८० रुपैयाँ प्रतिकित्ताको दरमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गर्नका लागि बैंकलाई बाटो खेलिदिएको हो । उल्लेखित दरमा सेयर बेच्दा बैंकले बजारबाट ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ खिच्नेछ । 

बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । त्यस्तै १० वटा क्यापिटलले बैंकले निष्काशन गर्ने एफपिओको प्रत्याभुति गरेका छन् ।

बैंकको एफपिओ स्वीकृत भए लगत्तै निष्काशनको प्रकृयालाई बैंकले तिब्र बनाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय तथा धितोपत्र बोर्डका अरु प्रकृया केही दिनमा सकिने गरी बैंकले सेयर निष्काशन प्रकृया तिब्र बनाएको हो । ढिलोमा आगामी साता बैंकको एफपीओ बिक्री सुरु भैसक्नेछ ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्नेछ । त्यस्तै साढे ३ अर्बभन्दा बढी प्रिमियम रकम जगेडा कोषमा थपिनेछ ।

हाल बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । एफपिओ निष्काशनपछि बैंकमा सरकारी स्वामित्व ५१ प्रतिशतमा कायम हुनेछ ।

बैंकहरुमा उच्च व्याजदरमा निक्षेप तानातानको होड चलिरहेका बेला नेपाल बैंकको ५ अर्बको एफपिओले पनि केही असर पार्ने देखिन्छ र अहिले एनएमबी बैंकले पनि ३ अर्ब ६४ करोड १७ लाख रुपैयाँको एफपिओ निष्काशन गरिरहेको छ । तर बैंकको एफपिओमा उत्साहजन आवेदन गर्न सकेको छैन ।

साधारण सेयर भन्ने बित्तकै हतारिएर आवेदन गर्ने नभई एफपिओ पश्चात कम्पनीले बनाएका योजना, कम्पनीको लाभांश योजना लगायतका विषयमा जानकार हुन सकेमा लगानीको सही योजना बनाउन सकिन्छ । अहिले निष्काशन भैरहेको एनएमबि बैंकको विबरण पत्र यहाँ हेर्नुहोस् ।

त्यसै गरी नेपाल बैंकको बिवरण पत्र धिताेपत्र बाेर्डकाे सुझाव अनुसार परिमार्जन पश्चात सार्वजनिक गरिने सिद्धार्थ क्यापिटलले जनाएकाे छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।