म्यादी जीवन बीमाबाट दुई अर्व बीमा शुल्क संकलन, ७४ करोड दाबी भुक्तानी

Jun 17, 2018 Merolagani

बैदेशिक रोजगार (म्यादी) जीवन बीमा अर्न्तगत बीमा कम्पनीहरुले २ अर्ब ४ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरुले नौ महिनामा ४ लाख ५३ हजार ७ सय जनाबाट उक्त रकम आर्जन गरेको बीमा समितिले जनाएको छ ।

समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा बीमा कम्पनीहरुले ७४ करोड ७३ लाख ७ हजार ४१९ रुपैयाँको दाबी भुक्तानी गरेका छन् ।

बीमा कम्पनीहरुले मृत्यु दाबी अर्न्तगत ६७८ दाबीवाट ५२ करोड ५२ लाख भुक्तानी गरेका छन् । गतआर्थिक वर्षमा ९६२ दाबीवाट ६५ करोड १० लाख बराबरको दाबी भुक्तानी गरेका थिए ।

यस्तै स्थायी अंगभंगको १२६ दाबीका लागि ३ करोड ६५ लाख ३५ हजार ८३१ रुपैयाँको दाबी रहेका छन् ।

विदेशमा मृत्यु भएका बीमितको शव स्वदेश ल्याउनको लागि २ करोड १२ लाख ३ हजार २१९ रुपैयाँ, किरिया खर्चको लागि ५ करोड २२ लाख ५० हजार रुपैयाँ, औषधोपचारको लागि ७२ लाख ६८ हजार ३६८ रुपैयाँको दाबी भुक्तानी बीमा कम्पनीहरुले गरेका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।