सिन्धु विकास बैंकले प्रस्ताव गर्यो लाभांस

Jun 17, 2018 Merolagani

सिन्धु विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.९५ प्रतिशत बोनस तथा ०.३१३२ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले चुक्ता पूँजी ५० करोड रुपैंया बनाउन उल्लेखित बोनस प्रस्ताव गरेको हो । अहिले बैंकको चुक्ता पूँजी ४७ करोड १९ लाख ४६ हजार रुपैंया छ । उल्लेखित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैंया पुग्नेछ ।

बैंकले केही समय अघि मात्र शतप्रतिशत हकप्रद बिक्री गरेर फेरी ८० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।