विकास बैंकहरुको छाता संगठनले व्याजदरका विषयमा यस्तो गर्यो निर्णय

Jun 17, 2018 Merolagani

दिनानु दिन वाणिज्य बैंकहरुले व्याजदर बढाउँदै लगेपछि विकास बैंकहरुले फरक किसिमको रणनीति अख्तियार गर्ने भएका छन् । सेवाग्राहीका बिचमा जारी व्याजदर आतङ्कलाई शान्त बनाउन भन्दै विकास बैंकहरुले व्याजदरमा थ्रेसहोल्ड लगाउने निर्णय गरेका छन् ।

वाणिज्य बैंकहरुको छाता संगठनले केही समय अघि व्याजदर १२ प्रतिशतभन्दा बढी नजाने भनी गरेको सम्झौता तोडेपछि डेभलपमेण्ट बैंकर्स संघले १२ प्रतिशतभन्दा माथिको व्याजदर नदिने भद्र सहमति गरेका हुन् । मेरोलगानीसँग कुरा गर्दै संघका एक पदाधिकारीले भने, ‘वाणिज्य बैंक उत्ताउलो भएको महसुस आम सेवाग्राहीले गरिरहेका बेला हामी संयमित हुने प्रयत्न गरेका हौं ।’

उनका अनुसार सेवाग्राहीप्रति विकास बैंकहरुको भरोसा कायम राख्नका लागि यस्तो निर्णय गरिएको हो । संघको यो निर्णयले अर्थतन्त्रलाई सकरात्मक टेवा पुग्नुका साथै वाणिज्य बैंकहरुलाई चर्को व्याजदर सेवाग्राहीलाई नथोपर्न नैतिक दवाब पर्नेछ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले व्याजदरका सम्बन्धमा उचित निर्णय गरी एकरुपता कायम गर्नुपर्ने ती अधिकारीले बताए ।

‘अहिले व्याजदर बढेर बैंक चलाउन सहज भए पनि आम सेवाग्राही र समग्र अर्थतन्त्र यसको चपेटामा छ । हामीले यो अवस्था नआओस् भन्न व्याजदर नबढाउने निर्णय गरेका छौं, केन्द्रीय बैंकले पनि केही पहल गर्नेमा आशावादी छौं ।’

व्याजदरका सम्बन्धमा निर्णय हुनु पहिले नै देव विकास बैंकले साढे १२ प्रतिशत व्याजदर ल्याएको थियो । तर संघमा भएको सम्झौता अनुसार देवले केही दिनपछि उक्त व्याजदरमा परिमार्जन गर्ने बताइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।