निक्षेपको ब्याजदर बढाउने रेशमा केही बैंकहरुकले मुद्धती निक्षेपको ब्याजदर साढे १२ देखि १३ प्रतिशतसम्म पुर्याएका छन् । अधिकांस बैंकहरुले मुद्धती निक्षेपमा १२ प्रतिशत भन्दा धेरै ब्याज दिने विभिन्न प्रकारका निक्षेप योजनाहरु सार्वजनिक गरेका छन् ।
नबिल बैंकले आगामी बुधबारदेखि कर्जामा नयाँ ब्याजदर लागु गर्ने भएको छ । साथै बैंकले उक्त बैंकबाट ऋणकर्जा प्राप्तगरी उपभोग गरिरहेका ग्राहकहरुलाई सूचना जारी गर्दे सम मासिक किस्ता (EMI) परिवर्तन भएको जानकारी गराएको छ ।
बैंकले विभिन्न शिर्षकमा ऋणकर्जा सुविधा प्राप्तगरी उपभोग गरिरहेका ग्राहकहरुले बैंकलाई तिर्न र बुझाउनु पर्ने सम मासिक किस्ता परिवर्तन भएको र हुनजाने भएकाले सो सम्बन्धमा आफुले ऋणकर्जा लिएको शाखामा सम्पर्क गरी सोही अनुसार बुझाउन भनेको छ ।
नबिल बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम ब्याजदर निर्धारण गर्दा आधार ब्याजदरमा आधारित भई गर्नुपर्ने व्यवस्था बमोजिम ब्याजदर निर्धारण गरिएको जनाएको छ । बैंकका अनुसार उसको आधार ब्याजदर ७.३३ प्रतिशत रहेको छ ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गतबर्षको तुलनामा बैंकको निक्षेप संकलन र कर्जा परिचालन खस्केको छ । तरलता संकटकले बैंकको निक्षेप लागत दोब्बर बढेको छ । गत बर्ष २.२८ प्रतिशत रहेको लागत बढेर ४.६३ प्रतिशत पुगेको छ ।
चालु बर्षको तेस्रो त्रैमाससम्म बैंकले दुई अर्ब ७९ करोड नाफा कमाएको थियो । चैत्रसम्म बैंकले एक खर्ब २३ अर्ब निक्षेप संकलन गरि एक खर्ब ५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।