प्रभु बैंकले २२ लाख ३१ हजार कित्ता सेयर लिलामी गर्ने

Jun 18, 2018 Merolagani

प्रभु बैंक (PRVU) ले हकप्रदमा अवितरित २२ लाख ३१ हजार २६५ कित्ता लिलामीमा ल्याउने भएको छ । बैंकले असार ११ गतेदेखि संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गर्न लागेको हो ।

इच्छुकले लगानीकर्ताले असार ११ देखि १८ गतेसम्म लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लिलामी सेयरमा प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल, शाखा कार्यालयहरु आदर्शनगर बिरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोड पोखरा, बिरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, गोदावरी रोड धनगढी, हल्लाचोक बाग्लुङ्ग र कावासोती नवलपरासीबाट शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने छ ।

संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण सेयरका लागि एक सय कित्ता सेयरका लागि निवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम सबै कित्ता माग गर्न सक्नेछन् ।

बैंकको सेयरमूल्य आइतबार प्रतिकित्ता १९९ रुपैयाँमा कारोबार भएको छ । साेमबार पनि बैंककाे सेयरमूल्य घट्दाे रहेकाे छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।