गण्डकी विकास बैंकको तीन शाखा विस्तार

Jun 18, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) ले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गरेको छ । उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरीएको बैंकबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिङ्ग सेवा प्रदान गरिने जनाईएको छ ।

यी शाखा कार्यालयहरुको विस्तार पश्चात बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ६२ वटा शाखा कार्यालय मार्फत पूर्णकालिन बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ पु¥याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पु¥याएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।