एनएमबि बैंकको एफपिओमा संस्थागत लगानीकर्ताले रुचि देखाए तर गरेनन् आवेदन

Jun 18, 2018 Merolagani

एनएमबि बैंक (NMB) को एफपिओमा संस्थागत लगानीकर्ताले रुचि देखाएपनि अत्यन्त न्यून आवेदन परेको छ । जेठ ३० गतदेखि निष्काशन भएको एफपिओमा सर्वसाधारण लगानीकर्ताबाट मात्रै आवश्यक आवेदन नपरेपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत बिक्री खुला गरिएको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार सोमबार संस्थापक लगानीकर्ताको चार वटा मात्र आवेदन परेको छ । सोमबार दुईबजेसम्म संस्थापक र सर्वसाधारणको गरी ५३ हजार ८ सय आवेदनबाट एक अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर माग भएको छ ।

बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासन गरेकोमा हालसम्म ५६ लाख १५ हजार ६ सय कित्ता सेयरका लागि मात्र आवेदन परेको छ । अझै बैंकको ५८ लाख कित्ता अर्थात कुल निष्काशनको ५१ प्रतिशत एफपिओ बिक्री हुन बाँकी छ ।

सोमबारदेखि संस्थागत लगानीकर्ताहरु सामूहिक लगानी कोष, विभिन्न इन्भेष्टमेन्ट कम्पनी र बीमा कम्पनीले पनि आवेदन गर्न पाउनेछन् । तर दिउँसो दुईबजेसम्म चार वटा मात्र आवेदन परेको छ ।

संस्थागत लगानीकर्ताहरुले एफपिओ खरिदमा रुचि देखाएको पाइएको छ । तर उहाँहरुले अधिकतम सीमा कम भएको भन्दै अधिकतम सीमा बढाउने पहल गर्र्न आग्रह गरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषका एक अधिकारीले बताए ।

बैंकको एफपिओमा न्यूनतम दश कित्ता देखि अधिकतम ५७ हजार ७० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । यसलाई परिमार्जन गर्न धितोपत्र बोर्डसँग आग्रह गरिने ती अधिकारीले बताए । हामी धितोपत्र बोर्डसँग यस बिषयमा छलफल गर्दैछौ । उनले भने । यसो भयो भने बैंकको सबै एफपिओ बिक्री हुने पनि ती अधिकारीले दाबी गरे ।

यता धितोपत्र बोर्डले भने एनएमबि बैंकको एफपिओमा आवेदन गर्न तोकिएको सीमा बढाउने बारेमा कुनै जानकारी आईनसकेको बताएको छ । बोर्डको अनुसार अधिकतम सीमाको शुन्य दशमलव पाँच प्रतिशतसम्म बढी शेयर आवेदन गर्न सकिने व्यवस्था छ । सीमा बढाउने बिषयमा कुनै छलफल नभएको बोर्डका एक अधिकारीले बताए ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँ दरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको छ ।

बैंकको एफपिओमा ढिलोमा असार २८ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ  । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।