अन्तिम पाँच मिनेटमा अाएर यसकारण बल्यो नेप्सेमा हरियो बत्ति

Jun 18, 2018 Merolagani

बजार खुलेदेखि नै रातो रहेको सोमबारको सेयर बजार अन्तिम पाँच मिनेटमा आएर सुधार सहित बन्द भएको छ । घट्दो क्रममा रहेको बजार साढे एक बज्दा ११ अंक तल १२२१.९५ अंकसम्म झरेको थियो । त्यसपछि क्रमश सुधार भएपछि परिसूचक अन्तिम पाँच मिनेटकाे १.९२ अंकको वृद्धिले  १२३५.१५ अंकमा उक्लेको छ ।

पूँजीगत लाभकरको विषयमा अध्ययन गर्न बनेको समितिले आफ्नो अध्ययन प्रतिवेदनमा अल्पकालीन र दीर्घकालीन लगानी तथा हकप्रद र बोनस सेयरमा वेटेज एभरेजको आधारमा पूँजीगत लाभकर गणना गर्न सुझाव बुझाएको छ । यसले लगानीकर्तामा अंकित मूल्यमा नै लाभकर गणना हुने भय समाप्त गरेको छ । जसले लगानीकर्ता बजारप्रति आशावादी भएकाे हुनसक्ने आंकलन गरिएको छ ।

सोमबार १५४ कम्पनीका चार लाख ८४ हजार ६४५ कित्ता सेयर तीन हजार ५७९ पटक खरिदविक्री भएका छन् । यसदिन ५३ लाख ३३ हजारको म्यानुअल कारोबार सहित १९ करोड ५२ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन आइतबारको तुलनामा पाँच करोड रुपैयाँ कम हो । आइतबार साढे २४ करोडको सेयर कारोबार भएको थियो ।

 

यसदिन सबैभन्दा धेरै कारोबार नेपाल बैंकको भएको छ । बैंकको ४५ हजार २१९ कित्ता सेयर एक करोड ३४ लाख ३६ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ । एनएमबि बैंकको एक करोड ११ लाख र साना किसान विकास बैंकको ९५ करोड ६७ लाख रुपैयाँ बराबरमा खरिदविक्री भए ।

 

समता माइक्रोफाइनान्स र नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीले झण्डै १० प्रतिशतका दरले कमाएका छन् । नेको इन्स्योरेन्स, सिभिल लघुवित्त, गरिमा विकास बैंक र सिनर्जी पावर कम्पनीको सेयरमूल्य पनि तीन प्रतिशत बढीले माथि चढेको छ ।

उता सोमबार नै दश प्रतिशत बोनस सुरक्षित गर्ने अन्तिम दिन रहेको राधी विद्युत कम्पनीको सेयरमूःल्य भने १० प्रतिशतले घटेको छ । खानीखोला हाईड्रोपावर कम्पनी, नेशनल हाईड्रो र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि तीन प्रतिशतले बढीले घटेको छ । अन्य कम्पनीको सेयरमूल्यमा भने समान्य उतारचढाब रह्यो ।

कारोबारमा आएका नौं उप समूहमध्ये पाँच बढेका छन् चार घटेका छन् । सबैभन्दा बढी बीमा २२.५२ अंकले बढेको छ भने वित्त सबैभन्दा कम ०.२६ अंकले घटेको छ ।

जलविद्युत उप समूह ९ अंकले वृद्धि भएको छ भने लघुवित्त ८.७० अंक, अन्य ५.२६ र होटलमा २.३८ अंकको सुधार आएको छ भने उत्पादन तथा प्रशोधन उप समूहमा सबैभन्दा बढी ८.१८ अंकको गिरावट आएको छ । विकास बैंक १.२७ र बैंकिङ्क ०.५४ अंकले घटेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।