सोमबारको कारोबार बन्द हुँदाको मूल्य हेर्दा झण्डै दुई दर्जन कम्पनीको शेयरमूल्य आइपिओकै हाराहारीमा रहेको छ । नेशनल हाइड्रोको सबैभन्दा कम ८५ रुपैयाँमा दोस्रो बजारमा शेयर पाइएको छ ।
यसैगरी जेबिल्स फाइनान्सको शेयर प्रतिकित्ता एक सय रुपैयाँमा झरेको छ । शेयरबजारका सबैभन्दा सस्ता २० कम्पनीमा वल्र्ड मर्चेन्ट, खानिखोला हाइड्रो, कर्णाली डेभलपमेन्ट, गोर्खा फाइनान्स, दिव्यश्वरी हाइड्रो लगायतको शेयरमूल्य आइपिओकै हाराहारीमा झरेको छ ।
सबैभन्दा सस्तो शेयरमूल्य भएका २० कम्पनीमा अधिकांस फाइनान्स कम्पनीहरु रहेका छन् । केही विकास बैंक र हाइड्रोपावर कम्पनीहरु पनि यो सूचिमा रहेका छन् । जसको शेयरमूल्य ८५ रुपैयाँदेखि १३१ रुपैयाँ प्रतिकित्तासम्म रहेको छ ।
कम्पनीको शेयरमूल्य सस्तो भएकै आधारमा मात्र शेयर खरिद गर्नु मुखर्ता हुनसक्छ ।कम्पनीको शेयरमूल्य मात्र होइन ती कम्पनीहरुको समग्र वित्तीय अवस्थाको अध्ययन गरेर लगानीमा गरेमा जोखिम कम हुनसक्छ ।