नेपाल इन्भेष्टमेण्ट बैंकको सल्यानमा शाखा विस्तार

Jun 19, 2018 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित लान्तीमा आफ्नो ७२ औ शाखा विस्तार गरेको छ । १२ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र निजी क्षेत्रको बैंक रहेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।