पोखरा फाइनान्सको ८.२६ प्रतिशत बोनश पारित, चुक्त्ता पूँजी ८१ कराेड नाघ्याे

Jun 19, 2018 Merolagani

पोखरा फाइनान्स (PFL) को ८.२६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ । फाइनान्स कम्पनीकाे मंगलबार सम्पन्न  २१ औं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको ८.२६ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाबाट फाइनान्सले ६ करोड २२ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै फाइनान्स कम्पनीले साधारण सभाका लागि बुकक्लाेज गरेकाे दिनसम्म सेयर डिम्याट गरेका सेयरधनीलार्इ उनीहरूकै  डिम्याट खातामा बाेनस पठाउनेछ ।

सभाबाट सञ्चालक समितिमा भुवनसिंङ गुरुङ, डा.दीर्घमान गुरुङ, शोभा गुरुङ तथा रेशम लाल पौडेल निर्वाचित भएका छन् । 

७५ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको पोखरा फाइनान्सको बोनसपश्चात ८१ करोड ६४ लाख ४९ हजार रूपैयाँ पूँजी पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।