साधारण सभाका लागि बैंकले असार १५ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । बैंकले बोनसका लागि यसअघि नै गत कात्तिक २३ गते सेयरधनी किताब बन्द गरेकाले कात्तिक २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित १७.१ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन् । साधारण सभामा भने असार १४ गतेसम्म कायम सेयरधनी सहभागि हुन पाउनेछन् ।
साधारण सभाबाट बैंकले तत्कालिन समयमा कायम (कात्तिक २२) चुक्ता पूँजी एक अर्ब ४४ करोड ४९ लाख ८४ हजार ४४८ रुपैयाँको १७.१० प्रतिशतले हुन आउने २४ करोड ७० लाख ९२ हजार ३४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताब पारित गर्ने छ ।
बोनसमा लाग्ने कर प्रयोजका लागि चुक्ता पूँजीको ०.९ प्रतिशतले हुने एक करोड ३० लाख ४ हजार ८६० रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ । सभाले उपयुक्त्त संस्थासँग मर्जर तथा एक्विजीशनका लागि पनि सञ्चालक समितिलार्इ अख्तियारी प्रदान गर्ने एजेण्डा रहेकाे छ ।
देवले तत्कालिन चुक्ता पूँजी एक अर्ब ४४ करोडमा साझा विकास बैंक र युनियन फाइनान्स प्राप्तीपश्चात कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ४० प्रतिशत हकप्रद विक्री गरेर दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरिसकेको छ ।
साधारण सभाले यो बोनस पारित गरेपश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख पुग्नेछ ।
यहाँबाट हेर्नुहाेस् साधारण सभाकाे सूचना..