अनलाइन प्रणाली छिटो ल्याउन लगानीकर्ताको दवाब, नेप्से प्रमुखले के भने ?

Jun 20, 2018 Merolagani

शेयर लगानीकर्ताहरुले तोकिएको समयमा नै शेयर कारोबारमा अनलाइन प्रणाली लागू गर्न नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई दवाब दिएका छन् । बुधबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदलाई लगानीकर्ताको टोलीले भेटेर साउन एक गतेबाटै अनलाइन प्रणाली लागू गर्न माग गरेको हो ।

लगानीकर्ताका विभिन्न संस्थाका प्रतिनिधिले नेप्से प्रमुखलाई भेटी साउनबाटै अनलाइन कारोबार प्रणाली संञ्चालनमा ल्याउन दवाब दिएका हुन् । साउनबाटै अनलाइन कारोबार आउन मुस्किल रहेका खबरहरु सार्वजनिक भएपछि लगानीकर्ता सशंकित बनेका हुन् । नेपाल इन्भेष्टर्स फोरम, पूँजी बजार लगानीकर्ता संघ तथा सेयर लगानीकर्तासंघ नेपालका प्रतिनिधि बुधबार नेप्से पुगेका थिए ।

अनलाइन प्रणाली संञ्चालनका लागि युजर एसेप्टेन्स टेष्टिङ ’युएटी’ परीक्षणका लागि नेप्सेले आवेदन संकलन गरिरहेको छ भने विभिन्न सेयर दलालको कम्पनी मार्फत मोक ट्रेडिङको परीक्षण समेत संचालन गरिहेको छ ।

अर्कातर्फ नेप्सेले सेयर दलाल व्यवसायीहरुलाई अनलाइन प्रणाली संचालनका लागि पूर्वाधार तयार पार्न समेत निर्देशन दिएको छ । तर सेयर दलाल व्यवसायीहरुले करोड बढी पर्ने अनलाइनका उपकरणहरु जडान गर्न समय लगाए भने लगानीकर्ताले अनलाइन प्रणाली प्रयोग गर्न उत्ति नै समय कुर्नुपर्ने हुन्छ ।

नेप्सेले साउन एक बाटै अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउने बताउँदै आएपनि भइरहेका कामहरुको प्रगति हेर्दा साउनबाटै अनलाइन आउने सम्भावना न्यून देखेपछि लगानीकर्ताले नेप्से प्रमुखलाई भेटी ध्यानकर्षण गराएका हुन् ।

नेप्सेले युएटी परीक्षणका लागि असार १० गतेसम्ममा आवेदन माग गरेको छ । उक्त आवेदनहरुबाट नेप्सेले एउटा कम्पनी छनौट गरी युएटी परिक्षण गराउनेछ । अर्थ मन्त्रालयले युएटी परिक्षण गरेर मात्र अनलाइन प्रणाली कार्यान्वायनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको अवस्था छ ।

नेप्सेले  डेढ महिना युएटी परिक्षण गरेर धितोपत्र बोर्डसँग अनलाइन कार्यान्वायनका लागि अन्तिम स्वीकृति माग्नेछ । सबै प्रकृया पुरा हुँदा अझै केही महिनापछि मात्र पूर्ण अनलाइन कारोबार प्रणालीबाट सेयर किनबेच गर्न पाउने अवस्था छ ।

नेप्सेका प्रमुखले लगानीकर्ताहरुलाई साउन एक गतेबाटै अनलाइन कारोबार प्रणाली संचालनमा आउने प्रतिवद्धता जनाएका छन् । हामी सबै प्रक्रिया पुरा गरेर तयारी अवस्थामा रहेका छांै । यसको कार्यविधि तयार पार्दै छौं । कार्यविधि आएसँगै अनलाइन कारोबार सुरु हुन्छ, साथै पुरानो प्रविधिको कारोबार प्रणाली पनि चलिरहने जानकारी गराएको लगानीकर्ताका प्रतिनिधिले भने ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।