बीमा क्षेत्रमा नेपाली 'एक्चुअरी' शुन्य, विदेशीकै भर

Jun 20, 2018 Merolagani

नेपालमा बीमा क्षेत्रको 'एक्चुअरी' गर्ने जनशक्ति शुन्य रहेको छ । विश्वमा नै कम जनशक्ति रहेको एक्चुअरी उत्पादन गर्ने शैक्षिक संस्था (विश्वविद्यायल ) नहुदाँ नेपाली एक्चुअरी शुन्य भएको हो । नेपाली एक्चुअरी नहुँदा विदेशी जनशक्ति ल्याउनु पर्दा बीमा कम्पनीहरुको ठूलो रकम समेत बाहिरिने गरेको छ ।

बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनस दर निर्धारण गर्न एक्चुअरी आवश्यक पर्दछ ।

एक्चुअरीको जनशक्ति उत्पादन गर्न नसक्दा उच्च पारिश्रमिक पाउने यो पेशाको लागि बिदेशिहरुले काम गर्दै आइरहेका छन् । हाल नेपालको जीवन बीमा कम्पनीहरु र बीमा समितिमा गरी १९ जना विदेशी एक्चुअरीहरु कार्यरत रहेको बीमा समितिका प्रवक्ता पुजन ढुङ्गेलले जानकारी दिए ।

विशेष गरी जीवन बीमा कम्पनीले जारी गर्ने बीमा पोलिसी जोखिमसंग सम्बन्धित हुने भएकाले हरेक कम्पनीमा एक्चुअरी महत्वपूर्ण र आवश्यक रहेको प्रवक्ता ढुंगेलले बताए । वित्तीय क्षेत्रको कुनै पनि लगानी जोखिमको विश्लेषण तथा पूर्वानुमानका लागि एक्चुअरी अनिवार्य रहन्छ ।

वित्तीय क्षेत्रको जोखिम मूल्याकंन गर्ने नेपाली एक्चुअरीको अभाव भारत लगायत अन्य देशमा भर पर्दा नेपालको ठुलै रकम बाहिरीदै आएको छ । एक जना एक्चुअरी सामान्यतया मासिक दश लाख भन्दा बढी पारिश्रमिक लिने गरेका छन् ।

बीमा ऐन–२०४९ ले पनि बीमा कम्पनीहरूले अनिवार्य रूपमा एक्चुअरी मूल्याङ्कन गराउनुपर्ने उल्लेख छ ।

एक्चुअरी साईन्सका लागि उपयोगी कार्यक्रम नेपालमै सुरु

एक्चुअरी साईन्स अध्ययनको लागी नेपालमा विश्वविद्यालय नभएपनि विभिन्न संस्थानहरुमा अध्ययन गरेर एक्चुअरीको अनुमति पत्र प्राप्त गर्न सकिन्छ । भर्खरै मात्र त्रिभुवन विश्वविद्यालयले एक्चुअरी साईन्सका लागि उपयोगी ठहरीने म्याथम्याटिकल साइन्स कार्यक्रम सुरु गरेको छ ।

म्याथम्याटिकल साइन्स कार्यक्रम व्यवसायिक शिक्षा नभएपनि नेपालमा हाल शून्य प्राय रहेको एक्चुअरी जनशक्ति उत्पादनकाे लागि केही राहत भने पुग्ने देखिन्छ ।

विश्वमा पहिलोपटक सन् १९५७ मा बेलायतमा एक्चुअरीको प्रयोग भएको मानिन्छ । गणित र तथ्याङ्कसंग सम्बन्धित यो बिषयका जनशक्ति अन्य जनशत्तिको तुलनामा विश्वभर कम रहेका छन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।