आइएमई जनरल इन्स्योरेन्सले ४३ करोडको हकप्रद विक्री गर्न पायो अनुमति

Jun 20, 2018 Merolagani

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले सेयरधनीलाई ४३ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर विक्री गर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले कम्पनीलाई १० बराबर ८ अनुपात सो रकमको हकप्रद सेयर विक्री गर्न असार ५ गते मंगलबार अनुमति प्रदान गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यससँगै कम्पनीले केही दिनभित्रमा नै हकप्रद निष्काशन हुने मिति निर्धारण गर्नेछ । 

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको उल्लेखित हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ९७ करोड २० लाख रुपैंया पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले थप २ करोड ८० लाख रुपैंया बराबरको बोनस बितरण गर्नुपर्ने हुन्छ ।

यस अघि एनबी इन्स्योरेन्स रहेको कम्पनीले पहिलो पटक ८० प्रतिशत हकप्रद निष्काशन गरेर त्यसपछि शतप्रतिशत हकप्रद निष्काशन गरिसकेको छ । अहिल पाएको अनुमतिसँगै इन्स्योरेन्सले तेस्रो पटक हकप्रद बिक्री गर्नेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।