कुमारी बैंकका ग्राहकलार्इ ओम हस्पिटलमा सहुलियत

Jun 20, 2018 Merolagani

कुमारी बैंक (KBL) र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उपचारमा सहुलियत दिने सम्झौता भएको छ । सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट व्यवस्था गरिएको छ । 

यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।

बैंकको हाल ८६ वटा शाखा, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । त्यस्तै, बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा पनि प्रदान गर्दै आईरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।