चाइना पाकिस्तान इकोनोमिक करिडोर: आर्थिक समृद्धिको आधार

Jun 20, 2018 RSS

–रमेश लम्साल

संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ ।

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत रेलमार्ग निर्माणले तिव्रता पाएको छ । जुन पाकिस्तानको आर्थिक विकासको वृहत राजमार्गको रुपमा विकास हुने सङ्केतहरु देखा परेका छन् । नेपालमा समेत रेलमार्ग निर्माणको चर्चा सुरु भइरहेको बेला पाकिस्तानको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र महत्वपूर्ण रेलमार्ग निर्माण सम्पन्न हुने देखिएको छ ।

चीनले पाकिस्तानमा सन् २०२० सम्म पेशावरदेखि कराचीसम्मको रेलमार्ग निर्माण सम्पन्न गर्न लागेको छ । चिनियाँ सहयोगमा निर्माण भइरहेको पहिलो चरणको उक्त परियोजनामा प्रतिघण्टा १६० किलोमिटरको गतिमा रेल गुड्नेछ ।

रेलमार्ग अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । यस्तै दोस्रो चरणमा चिनियाँ सहयोगमा नै मुल्तन हैदरवाद रेलमार्ग निर्माण हुनेछ । यस्तै तेस्रो चरणमा हैदरवाद र कराची खण्डको रेलमार्ग समेत निर्माण हुने छ ।

चाइना पािकस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत सो रेलमार्गको काम भइरहेको र त्यसले पाकिस्तानको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको पाकिस्तानी सञ्चार माध्यमहरुको दावी छ । पाकिस्तानमा यसअघि सञ्चालनमा रहेको रेलमार्गको स्तरोन्नति गर्ने र नयाँ लाइन निर्माण गर्ने योजना पनि सँगै अगाडि बढीरहेको छ । 

त्यसमा हाल सञ्चालनमा नै रहेको कराची पेशावर रेललाइनको मुख्य खण्डको स्तारोन्नति गरिनेछ । एक लाइन मात्रै रहेको रेलमार्गलाई दोहोरो लाइन बनाउने कार्य जारी रहेको हो ।

रेलमार्गको काम ७० प्रतिशत सम्पन्न

पाकिस्तानी सञ्चार माध्यमहरुकाअनुसार हाल रेलमार्गको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ । सो रेलमार्गको विस्तार पछि पाकिस्तानको सार्वजनिक यातायाताको करिब ७० प्रतिशत आवागमनलाई सहज रुपमा सम्बोधन गर्न सकिने दावी गरिएको छ ।

सो रेलमार्ग ४ हजार ६९३ मिटर उचाइमा रहेको कुन्जेरव पास भएर जाने छ । पाकिस्तानको हिमाली क्षेत्रमा समेत रेल कुदाउने सपना चिनियाँ सहयोगमा पूरा हुन लागेको छ ।

चीन पाकिस्तान इकोनोमिक करिडोरको यो नै महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ । यो रेलमार्ग चीनले नै निर्माण गरिरहेको कराची र गुदर बन्दरगाहलाई समेत जोड्नेछ । पाकिस्तानको अर्थतन्त्र माथि उकास्ने भन्दै चीनले दुई विशाल बन्दरगाह समेत बनाइरहेको छ ।

ती बन्दरगाह सन् २०३० सम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने चीन र पाकिस्तानको संयुक्त योजना रहेको छ । रेलमार्ग विस्तारका लागि ५ अर्ब अमेरिकी डलर खर्च गर्ने चीनको योजना रहेको छ ।

कराची पेशावर रेलमार्ग कूल १ हजार ६८७ किलोमिटर

चीन पाकिस्तान इकोनोमिक करिडोरको महत्वपूर्ण परियोजनाको नाम दिइएको कराची पेशावर रेलमार्ग कूल १ हजार ६८७ किलोमिटर लामो रहेको छ । सो रेलमार्गको लागत ३६५ अर्ब डलर रहेको छ ।

पहिलो चरणमा उक्त परिमाण खर्च गर्ने र क्रमशः खर्चको मात्रा बढाउँदै लैजाने योजना समेत रहेको छ । पहिलो चरणको काम गत वर्ष नै सकिइसकेको छ । हाल सोही रेलमार्गको दोस्रो र तेस्रो चरणको काम जारी रहेको छ ।

दोस्रो चरणको रेलमार्गमा ८.२ बिलियन खर्च हुनेछ । सबै रेलमार्गको काम सन् २०२१ भित्र सकिनेछन् । पाकिस्तानमा रेलमार्गबाट वार्षिक ४८० मिलियन आम्दानी हुने छ ।

चिनियाँ रेल इन्जिनियर र पाकिस्तानी प्राविधिकले संयुक्त रुपमा काम गरिरहेका छन् । उनीहरुले एउटा मार्ग मध्यम गतिको र अर्को उच्च गतिमा कुद्ने रेलमार्ग निर्माण गरिरहेका हुन् ।

यस्तै चीनको सहयोगमा निर्माण भइरहेको कोटरी– अत्तोक दोस्रो रेलमार्गलाई चिनियाँहरुले आफ्नै नाम दिएका छन् – सुन्तला रंग ।

सो मार्ग १ हजार २५४ किलोमिटर लामो हुनेछ । सो रेलमार्गले कोटरी र सिन्ध प्रान्तलाई जोड्ने छ ।

सो रेलमार्गलाई ज्याकोवावाद र सिन्ध प्रान्तलाई जोड्ने गरी एक आपसमा अन्तरसम्बन्धित गरिनेछ । जुन पाकिस्तानको आवश्यकता नै बनेको छ । ‘यात्रु आवागमनलाई सहज बनाउने अरु कुनै उपाय नै छैन, जुन हामी गरिरहेका छौ’ पाकिस्तानी रेल अधिकारीको भनाइ छ ।

यस्तै तेस्रो चरणको परियोजनामा रोहरी– चमन रेलमार्ग रहेको छ । सो मार्ग ५६० किलोमिटर दुरीको रहेको छ ।

यस्तै पाकिस्तानको अर्को महत्वपूर्ण प्रान्त क्वेटा जोड्न महत्वपूर्ण मानिएको छ । यस्तै लाहोरमा मेट्रो रेल्वे लाइन निर्माणका लागि समेत चीन पाकिस्तान इकोनोमिक करिडोर अन्तगर्त काम भइरहेको छ ।

दैनिक २ लाख ५० हजार यात्रु बोक्ने मेट्रो रेल

यो मार्ग यसै वर्ष सम्पन्न हुने लक्ष्य प्रक्षेपण गरिएको छ । कूल २७.१ किलोमिटर लामो मेट्रो रेलको लागत १६५.२० अर्ब डलर रहेको छ । दैनिक कूल २ लाख ५० हजार यात्रु सो मेट्रोले बोक्नेछ भने त्यो बढेर ५ लाख पुग्ने अनुमान गरिएको छ ।

यस्तै चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत खुन्जेरव रेलमार्ग पनि रहेको छ । कूल ६८२ किलोमिटर लामो उक्त रेलमार्गले चीन र पाकिस्तानलाई जोड्नेछ । यो रेलमार्ग हाल सञ्चालनमा रहेको काराकोलम राजमार्गको समानान्तर रुपमा निर्माण हुनेछ । यो रेलमार्ग सन् २०३० मा सम्पन्न हुनेछ । सो रेलमार्गको लागत १२ अर्ब रहेको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले सन् २०१५ मा गर्नुभएको पाकिस्तान भ्रमणपछि सो रेलमार्ग मिर्नाण गर्ने सम्झौता भएको थियो ।

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजनामा सहज आवागमन, रेलमार्ग, हवाईमार्ग, यातायात प्रणालीको सुधार गर्ने लगायतका विषय समेटिएका छन् । व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्दै दुई देशको आर्थिक विकास र समृद्धि गर्ने लक्ष्य राखिएको छ ।

शान्ति, विकास र आर्थिक समृद्धि नै सो परियोजनाको मूल मक्सद रहेको देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजनाले आफ्नो देशलाई विश्व अर्थतन्त्रमा उदाउदो शक्तिका रुपमा स्थापित गर्ने विश्वास व्यक्तगर्दै आउनु भएको छ ।

चीन, पाकिस्तान र मध्य एसियाको आर्थिक विकास र साझेदारीमा महत्वपूर्ण योगदान पु¥याउन सो परियोजना सहयोगी हुने आश गरिएको छ ।

(विभिन्न एजेन्सीको सहयोगमा)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।