शेयरबजारमा हराएको उत्साह मौद्रिक नीतिले फर्काउने आशमा लगानीकर्ता

Jun 20, 2018 Merolagani

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने मिति नजिकिदै जाँदा शेयरबजार झन् झन् ओरालो लाग्दै गएको छ भने कारोबारको उत्साह समेत हराएको छ । नीति तथा कार्यक्रम र बजेटबाट त्यतीधेरै उत्साहित हुन नसकेका लगानीकर्ताको ध्यान अहिले मौद्रिक नीतितर्फ केन्द्रित भएको छ ।

बजेटपछि पूँजीगत लाभकरको बिवादमा रुमलिएको शेयरबजार बैंकहरुले ब्याजदर बढाउन थालेपछि झन थलिन पुग्यो । बजार घटिरहेका बेला सस्ता र राम्रा कम्पनीका शेयर लगानीकर्ताले खरिद कारोबारमा सामान्य सुधार देखिएपनि लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामै रहेका छन्।

अहिले लगानीकर्ताको एउटै आशा भनेको मौद्रिक नीति नै देखिन्छ । मौद्रिक नीतिले शेयरबजारलाई कतिको सम्बोधन गर्छ भन्ने चासो लगानीकर्तामा छ ।

लगानीकर्ताले मार्जिन लेन्डिङ्गको सीमा बढाउन माग गर्दे आएका छन् । साथै उनीहरुले बैंकहरुको बढ्दो ब्याजदर नियन्त्रण, अनलाइन कारोबार प्रणालीको सहजीकरण लगायतमा राष्ट्र बैंकको भुमिका खोजेका छन् । राष्ट्र बैंकले अर्को साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थालेको छ ।

बुधबार नेप्से ८.३४ अंकले घटेर १२१७.८४ अंकमा झरेको छ । १५६ कम्पनीको २५ लाख ९१ हजार ९०९ कित्ता शेयर २७ करोड ३८ लाख रुपैयाँमा बराबरमा कारोबार भएको छ ।

व्यापारिक उपसमुह स्थिर रहँदा सबै भन्दा धेरै बीमा समूहको सूचक ४०.८८ अंकले घटेको छ । हाइड्रोपावर २०.७१ अंक तथा माइक्रोपलाइनान्स १०.११ अंकले घटेको छ । साथै, बैंकिङ्ग, होटल, बिकास बैंक, फाइनान्स कम्पनी, उत्पादनमूलक, माइक्रोफाइनान्सको सुचकमा पनि गिरावट आएको छ ।

ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै दुईलाख ९८० कित्ता सेयर ३ करोड ६१ लाख रुपैयाँमा कारोबार भयो ।  बुधबारको बजारमा कुनै पनि कम्पनीको शेयरमूल्य तीन प्रतिशत भन्दा धेरैले बढ्न सकेन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।