सनराइज बैंकद्धारा मिसकल बैकिङ्ग सेवाको शुभारम्भ

Jun 20, 2018 Merolagani

सनराइज बैंक लिमिटेड(SRBL) ले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।यस सेवा अन्र्तगत आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका नम्वरहरुमा मिसकल गरी सेवा प्राप्त गर्न सकिनेछ ।

बैंकले ९८५११४७२७३ नं. मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी, ९८५१११७२७२नं. मा मिसकल गरी रु. १०० बरावरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५ नं. मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी र ९८५११८७२७४ नं. मा मिसकल गरी अन्य सुविधाको बारेमा जानकारी लिन सक्ने बताएको छ ।

उक्त सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग स्मार्ट फोन नभएता पनि उक्त सेवा लिन सकिने छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।