एनएमबि बैंकको एफपिओमा संस्थागत लगानीकर्ताले गर्न थाले आवेदन, कति भयो बिक्री ?

Jun 20, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशनमा संस्थागत लगानीकर्तालाई तोकेको अधिकतम सीमा हटाएपछि एनएमबि बैंकको एफपिओमा संस्थागत लगानीकर्ताबाट आवेदन पर्नेक्रम बढेको छ । बुधबारसम्म केही म्युचुअल फण्ड र इन्स्योरेन्स कम्पनी समेतगरी ४२ वटा संस्थागत लगानीकर्ताले आवेदन गरेका छन् ।

बुधबार साँझसम्म एनएमबिको एफपिओमा करिब ५६ हजार ५ सय आवेदकबाट २ अर्ब २१ करोड बढीको आवेदन परेको नागरिक लगानीकोषले जनाएको छ । जसमध्ये संस्थागत लगानीकर्ताले १८ करोड बराबरको आवेदन गरेका छन् ।

बुधबारसम्म सानिमा लाइफ,प्राइम लाइफ, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एनआइबिएल क्यापिटल र लक्ष्मी क्यापिटल लगायतका ४२ संस्थागत लगानीकर्ताले आवेदन गरेको नागरिक लगानीकोषका रोशनजंग कार्कीले बताए ।

बुधबारसम्म बैंकको ५८ प्रतिशत एफपिओ बिक्री भएको छ । यसबीचमा ६६ लाख ३६ हजार कित्ताका लागि आवेदन परेको छ । अझै बैंकको ४७ लाख ७९ हजार कित्ता बिक्री हुन बाँकी छ । ैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँ दरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको हो ।

जेठ ३० गतदेखि निष्काशन भएको एफपिओमा सर्वसाधारण लगानीकर्ताबाट मात्रै आवश्यक आवेदन नपरेपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत बिक्री खुला गरिएको हो ।

धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताले आवेदन गर्न पाउने अधिकतम सीमाको बन्देज हटाएपछि बैंकको शेयरमा ठुलो संख्याको आवेदन समेत पर्न थालेको हो । बोर्डले कुल निष्काशनको ०.५ प्रतिशतको अधिकतम सीमा हटाएर ५० लाख कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो ।

बबैंकको एफपिओमा ढिलोमा असार २८ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ ।

बुधबार शेयरबजारमा एनएमबि बैंकको शेयर प्रतिकित्ता ३५१ रुपैयाँ हाराहारीमा कारोबार भयो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।