सि आश्वा अनिवार्य भएसँगै मेरो सेयर प्रयोगकर्ता उल्लेख्य बढे

Jun 20, 2018 Merolagani

पछिल्लो समय सेयर बजारको प्रयोगकर्ता प्रविधिमैत्री बन्न थालेका छन् । कुनै समय सेयर आवेदन नै गर्न नजानेर अरुलाई कागजी फारम भर्न लगाउनुपर्ने लगानीकर्ता आज आफैँ घरमै बसेर इन्टरनेटको सहायताले मेरो सेयर मार्फत प्रथामिक निष्काशनमा लगानी गर्नसक्ने भएका छन् ।

लगानीकर्ता कति प्रविधिमैत्री भएका छन्, सि आश्वा अनिवार्य भएसँगै मेरो सेयरको प्रयोग गरेर सेयरमा आवेदन गर्ने लगानीकर्ताको तथ्याङ्कले नै यसलाई पुष्टि गर्दछ । अनिवार्य सि आश्वा लागू हुँदा एक लाख ३० हजार रहेको मेरो सेयरको प्रयोगकर्ता चार महिना अवधिमा एक लाख ४२ हजारले बढेर दुई लाख ७२ हजार बढी पुगिसकेको छ । 

नेपाल धितोपत्र बोर्डले गत फागुन ११ गतेदेखि प्रथामिक निष्काशनमा अनिवार्य सि आश्वा प्रणाली मार्फत आवेदन गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यस लगत्तै फागुन १५ गतेदेखि निष्काशन गरेको आरम्भ माइक्रोफाइनान्सको साधारण सेयरमा मेरो सेयर मार्फत ३६ हजार बढी आवेदकले घरमै बसेर आईपिओमा लगानी गरे ।

दोस्रो आईपिओ नेपाल सेवा लघुवित्तमा मेरो सेयर मार्फत आवेदन गर्ने संख्या दोब्बर बढेर ८४ हजार पुग्याे । तेश्रो आईपिओ निकालेको रैराङ हाईड्रोपावरमा मेरो सेयर मार्फत ८६ हजारले अावेदन गरे ।

पहिलो निष्काशनको तुलनामा दोस्रो निष्काशनमा नै दोब्बर बढी आवेदक बढ्नु र तेश्रोमा पनि मेराे सेयरबाट अावेदन बढ्नुले नयाँ नयाँ प्रविधिको प्रयोगमा सेयर बजारका लगानीकर्ता प्रविधिमैत्री बन्दै गएकाे देखिन्छ । नेप्सेले साउन १ गतेबाट अनलाइन ट्रेडिङ्ग काराेबारकाे थालनी गर्ने प्रतिबद्दता जनाएकाे छ । यसमा लगानीकर्तामा अझ ब्यग्र चासाे छ ।

त्यसपछि पनि स्थानीयका लागि जोशी हाईड्रो र शुभम पावरले पनि साधारण सेयर जारी गरेका छन् । याेल निष्काशन सबै लगानीकर्ताका लागि नभएकाले यी दुबै कम्पनीकाे अाइपिअाेमा अावेदन गरेका मेरो सेयरको आवेदक संख्या उल्लेख गरिएको छैन । एनएमबिको एफपिओ जारि भैरहेकाले कति आवेदकले मेरो सेयर प्रयोग गरे भन्ने तथ्याङ्क निष्काशन बन्द भएपछि प्राप्त हुनेछ ।

नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई आधुनिक बनाउँदै लैजाने नीति अनुसार प्रथामिक निष्काशनमा अनिवार्य सि आश्वा प्रणाली लागू गरेकाे थियाे ।

यसपश्चात मेरो सेयर मार्फत घरमै बसेर सेयर आवेदन गर्ने प्रयोगकर्ता उल्लेख्य बढेका हुन् ।

हकप्रदमा अहिलेसम्म अनिवार्य सि आश्वा प्रणाली लागू भइसकेको छैन । यद्यपी हकप्रद आवेदनमा समेत अनिवार्य सि आश्वा प्रणाली लागू गर्ने तयारी सिडिएसीको छ ।

मेरो सेयरमा लगानीकर्ताकाे बैंक खाता र हितग्राही खाता आवद्ध हुने गर्दछ । यसमा अनलाईनबाटै सेयर आवेदन गर्दा आफुले माग गरेको हकप्रद वापतको रकम बैंक खाताबाट घट्छ भने हकप्रद वापतको सेयर पनि डिम्याट खातमा नै सेयर रजिष्ट्रारले पठाउने गर्दछन् । त्यसै अनुरुप आईपिओमा अावेदन गर्दा पनि बैंक खातामा अावेदन गरेजति रकम रोक्का हुन्छ । सेयर परे रकम काटिन्छ भने नपरेमा रोक्का रकम सम्बन्धित बैंकले आईपिओ बाँडफाँड पश्चात फुकुवा गरिदिन्छन् ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग) द्धारा सञ्चालित मेरो सेयरको प्रयोगकर्ता असार ५ गतेसम्म दुई लाख ७२ हजार ९५१ जना पुगेका छन् । जुन कूल डिम्याट खाता खोल्ने लगानीर्ताको (१२ लाख ६० हजार ५०२ जना) २१.६५ प्रतिशत हो ।

सिडिएसीमा आवद्ध भएका ६७ कम्पनीमध्ये ६५ ओटा निक्षेप सदस्यहरुमा डिम्याट खाता रहेका लगानीकर्ताले मेरो सेयर सेवा प्रयोग गर्न सक्दछन् । 

सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले पछिल्लो समय मेरो सेयर मार्फत आउने गरेको आवेदन हरेक निष्काशनमा उल्लेख्य रूपमा बढ्दै गइरहेकाे बताए । प्रथामिक निष्काशनमा सबैले मेरो सेयर मार्फत आवेदन गरेमा सेयर निष्काशन बन्द भएको दोश्रो दिनमा नै सेयर बाँटफाँट गर्न सकिने न्यौपाने बताउँछन् ।

'मेरो सेयर सफ्टवेयरमा सम्बन्धित लगानीकर्ताले निजी प्रयोग गर्ने र आफु अनुकुल पासवर्ड परिवर्तन गर्नसक्ने सुविधा छ । युजर आईडी र पासवर्ड नम्बर सम्बन्धित लगानीकर्तासँग मात्र हुने हुँदा यो सिस्टम निकै सुरक्षित छ ।' न्यौपानेले भने ।

मेरो सेयर मार्फत लगानीकर्ताले सेयरमा गरेकाे लगानी वास्तविक मूल्य, सेयर बजारमा हुने उतर चढाबको कारण हुने नाफा घाटाको जानकारी, हकप्रद, एफपिओ र प्रथामिक निष्काशनको सूची र आवेदन गर्न पाउने सुविधा समेत रहेको छ । यी सुविधा क्रमश बढाउँदै लैजाने तयारीमा सिडिएससी छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।