घलेम्दी हाइड्रोले पनि पायो आईपिओ निष्कासन गर्ने अनुमति

Jun 21, 2018 Merolagani

घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपिओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले पहिलो चरणमा जलविद्युत आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ । स्थानीयलाई शेयर जारी गरीसकेपछि कम्पनीले सर्वसाधारणको लागि शेयर जारी गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ ।

विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।