प्रोग्रेशिभ फाइनान्सले पायाे २८१% हकप्रद बेच्ने अनुमति

Jun 21, 2018 Merolagani

हकप्रद बेच्दा चुक्ता पूँजी पुग्ने
प्रोग्रेशिभ फाइनान्स कम्पनी (PROFL) ले नियामक निकाय धितोपत्र बोर्डबाट २८१ प्रतिशत हकप्रद विक्री गर्न अनुमति प्राप्त गरेको छ । बोर्डले फाइनान्सलाई बिहीबार अनुमति दिएको हो ।

फाइनान्सले एक बराबर २.८१ अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गर्न अनुमति प्राप्त गरेको हो । यससँगै कम्पनीले सेयरधनी किताब बन्द गरेर हकप्रद निष्काशन गर्ने मिति तोक्नेछ । सनराइज क्यापिटलको बिक्री प्रबन्धकत्वमा फाइनान्सले हकप्रद जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले तोकेको न्यूनतम ८० करोड चुक्तापूँजी पुर्याउन दिएको निर्देशनमा फाइनान्स कम्पनीले एकैपटक भारी मात्रामा हकप्रद जारी गरेको हो । फाइनान्सको गत जेठ २ गते सम्पन्न विशेष साधारणसभाले २८१ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको हाल कायम २१ करोड रुपैयाँ चुक्ता पूँजी छ हकप्रदपछि ८० करोड १० लाख रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता १५० रुपैयाँमा कारोबार भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फाइनान्स ९७ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।