पूँजी बजारमा महिलाको सहभागिता बढ्दै, डिम्याट खोल्ने झण्डै पाँच लाख पुगे

Jun 22, 2018 Merolagani

- सुधा देवकोटा
शेयर बजारको दायरा विस्तार हुने क्रम चलिरहँदा महिलाहरुको सहभागिता पनि उलेख्य मात्रामा बढ्न थालेको छ । राजधानी काठमाडौंमा मात्र होइन दुर्गम पहाडी जिल्लाका महिलाहरुले समेत धमाधम डिम्याट खाता खोल्ने क्रम बढेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार हालसम्म १२ लाख ६० हजार ५०६ वटा डिम्याट खाता खुलेको छ । यसमा ३८.७२ प्रतिशत हिस्सा महिलाको छ । 

अहिलेसम्म देशभरबाट ४ लाख ८८ हजार १०५ जना महिलाले शेयरमा लगानी गर्न डिम्याट खाता खोलेका छन् ।

सबैभन्दा धेरै काठमाडौं जिल्लामा एक लाख ८१ हजार जना महिलाले डिम्याट खाता सञ्चालन गरेका छन् ।

रसुवा, ललितपुर, दोलखा, भक्तपुर, मोरङ, कास्की, झापा, काभ्रेपलाञ्चोक,  चितवन, सुनसरी र जिल्लाका महिलाहरुले  डिम्याट खोल्न अगाडि देखिएका छन् ।

त्यस्तैगरि, सबैभन्दा कम महिला मुगुका ४७ जना महिलाले डिम्याट खाता खोलेका छन् । डोल्पामा ५१ जना, कालिकोट ८०, हुम्लामा ९० जना महिलाहरुले डिम्याट खाता खोलेका छन् ।

सम्बन्धित जिल्लामा खुला भएका डिम्याट खाता संख्यामध्ये महिलाले प्रतिशतका अाधारमा रसुवामा सबैभन्दा बढी ४७.१५ प्रतिशत रहेकाे छ । ललितपुर काठमाडाैं, दाेलखा, भक्त्तपुरमा ४० प्रतिशत बढी महिलाकाे खाता छ ।

बझाङ, डाेटी, डाेल्पा, अछाम,जुम्ला, बैतडी, डडेलधुरा,दैलेख, कालिकाेट र बाजुरा जिल्लामा खुलेकाे कूल डिम्याट खातामध्ये महिलाकाे प्रतिशत २० भन्दा कम छ । 

 

विशेष गरी जलविद्युत आयोजनाहरुले स्थानीयबासीलाई अनिवार्य शेयर वितरण गर्ने भएकाले पनि त्यस्ता आयोजना रहेका जिल्ला र शहरी क्षेत्रमा डिम्याट खाता खोल्ने बढी महिला रहेका छन् । शहरी क्षेत्रका महिलाहरु भने अधिकांश दैनिक रुपमा शेयर बजारमै कारोबार गर्ने गरेको पाइएको छ ।

महिलाहरुले सेयर बजारमार्फत कमाइ गरेको रकमले परिवारिक आवश्यकता पुरा गर्न,दिउँसको खाली समयलाई सदुपयोग गर्न र बजारबाट पनि आम्दानी गर्न सकिने भएपछि महिला लगानीकर्ताको आकर्षण बढ्दै गएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।