प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद खुल्यो, साउन १० गते अन्तिम म्याद

Jun 22, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले असार ८ गते शुत्र,बारदेखि चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले ३१ लाख ६६ हजार ६७७ दशमलव ६३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको हो । सेयरधनीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरि प्रभु क्यापिटलको कार्यालउ कमलादीबाट पनि हकप्रदमा आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।

हकप्रद निष्काशन गर्न इन्स्योरेन्सले जेठ १४ गते सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डबाट बैशाख २७ गते १० बराबर ४.६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृती प्राप्त गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

यससँगै कम्पनीले बीमा समितिले तोके बमोजिम निर्जिवन बीमा कम्पनीले कायम गर्नुपर्ने एक अर्ब रुपैयाँ कायम गर्नेछ । कम्पनीकाे सेयर नेप्सेमा बिहीबार प्रतिकित्ता ५१२ रूपैयाँमा काराेबार भएकाे छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।