बैंक अफ काठमाण्डूको बोनसपछि सेयरमूल्य समायोजन

Jun 22, 2018 Merolagani

बैंक अफ काठमाण्डू (BOKL) को शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा सेयरमूलय समायोजन भएको छ । बैंकको १३.२५ प्रतिशत बोनसपश्चात सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बोनस पश्चात बैंकको प्रतिकित्ता सेयरमूल्य २७३ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । समायोजन भएको सेयरमूल्यको आधारमा नै बैंकको सेयर कारोबार आइतबार खुला हुनेछ ।

बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ३६८ रुपैयाँ ३७ पैसा कायम भएको हो ।
बैंकले गत बर्षको नाफाबाट १३.२५ प्रतिशत बोनस सेयर बितरण गर्न शुक्रबार बुकक्लोज गरेको हो । यसअनुसार असार ७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्नेछन् ।

बैंकले बोनस वितरण प्रस्ताव पारित गर्न असार २८ गते बिहिबार साधारण सभा आह्वान गरेको छ ।

६ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपछि ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । राष्ट्र बैंकले ताकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउन बैंकलार्इ अझै ९३ करोड रुपैयाँ अपुग हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।