बैंकले असार १७ गते देखि ५ लाख २३ हजार ५७० कित्ता संस्थापक र एक लाख ८४ हजार ५८८ कित्ता सर्वसाधारण सेयर लिलामी गर्ने भएको हो ।
बैंकको सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाले असार १७ गते देखि २४ गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी तथा प्रभु बैंकको शाखा कार्यालयहरु विराटनगर, बिरगञ्ज, पोखरा, नारायणगढ, सुर्खेत धनगढीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
साथै, कर्णाली बैंकको नेपालगञ्ज बाँके, दाङ तुल्सिपुर, घोराही, लमही, बाँके कोहलपुर र बर्दिया शाखा कार्यालयबाट समेत लिलामी सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्न सक्नेछन् ।
लिलामी न्यूनतम एक सय कित्ता सेयर सो भन्दा बढीमा १० अंकले भाग जाने सम्पूर्ण सेयरकोलागि न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्न सकिने छ ।
कर्णाली डेभलपमेण्ट बैंकको बिहिबार प्रतिकित्ता ११३ रुपैयाँमा नेप्सेमा सेयर कारोबार भएको छ ।