अनलाइन कारोबार साउन १ देखि

Jun 22, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले साउन १ देखि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । अनलाइन कारोबार प्रणालीका सम्बन्धमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मेरोलगानीसँगको अन्तरवार्ताका क्रममा साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली सुरु हुने बताएका थिए ।

सोही अनुरुप नेप्सेले साउन १ गतेसम्मको अनलाइनका सम्बन्धमा हुने कामको तालिका सार्वजनिक गरेको हो । नेप्सेले यस अघि नै मेरोलगानीसँग अहिलेको प्रणाली र अनलाइन प्रणालीलाई समानान्तर रुपमा लैजाने र म्याचिंगको काम पुरानो प्रणालीमा हुने बताई सकेको छ ।

वाइको प्रालिबाट आवश्यक सबै मोड्यूलहरु एकीकृत रुपमा तयार भइसकेको बताएको नेप्सेले अनलाइन कारोबार प्रणाली सफलतापुर्वक सञ्चालन गर्न समय तालिका सार्वजनिक गरिएको बताएको छ ।

 

अनलाइन कारोबार प्रणाली के हुँदैछ,नेप्से र सिडिएससी प्रमुख यसो भन्छन् (भिडियाे अर्न्तवार्ता)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।