बैंकहरु व्याजदर घटाउने चटारोमा, २० मध्ये बचतको व्याज कुन बैंकमा थोरै ?

Jun 22, 2018 Merolagani

नेपाल बैंकर्स संघले व्याजदरका सम्बन्धमा गरेको निर्णय अनुसार बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन् । अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंकको चासो अनुरुप संघले सबै बैंकका प्रमुख कार्यकारीहरुसँग सहमति जुटाए पछि बैंकहरु धमाधम व्याजदर घटाउने अभियानमा लागेका हुन् ।

यस क्रममा शुक्रबार २० वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले बचत र मुद्दतीको नयाँ ब्याजदर सार्वजनिक गर्दै शिर्षक अनुसारका व्याजदरहरु घोषणा गरेका छन् । अधिकांस बैंकहरुले संघको निर्णय अनुसार साधारण बचतमा बढीमा ७ तथा मुद्धती बचतमा ११ प्रतिशतसम्मको व्याजदर सार्वजनिक गरेका हुन् ।

बैंक अफ काठमाण्डूले साधारण बचतमा साढे ३ देखि साढे ५ प्रतिशत मात्र व्याज दिने प्रस्ताव गरेको छ । उसले मुद्धती निक्षेपको व्याजदर साढे ५ प्रतिशतबाट सुरु गरेर साढे १० सम्म कायम गरेको छ ।

प्रभु बैंकले साधारण बचतमा ४ देखि ६ प्रतिशत मात्र व्याज दिने भएको छ भने मुद्धती निक्षेपमा साढे ८ देखि साढे १० प्रतिशतसम्मका योजना सार्वजनिक गरेको छ ।

त्यसै गरी सानिमा बैंकले साधारण बचतका अधिकांस प्रोडक्टमा ६ प्रतिशत व्याज दिने योजना बनाएको छ । साधारण बचतका २ योजनामा मात्र ७ प्रतिशत व्याज दिने बताएको सानिमाले मुद्धती निक्षेपमा ९ देखि साढे १० प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ ।

हिमालयन बैंकले शुक्रबारदेखि लागू हुनेगरी साधारण मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा साढे १० प्रतिशत ब्याज दिने प्रस्ताव गरेको छ ।

त्यसै गरी सेन्चुरी कमर्शियल बैंकले बचत खाताको ब्याज दर ७ प्रतिशतमा झार्दै मुद्दती खाताको ब्याजदर १० दशमलव ५ प्रतिशत बनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले मुद्दती निक्षेपमा ९.२५ देखि साढे १० प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेको छ ।

 

जनता बैंकले मुद्धती निक्षेपमा ७.२५ प्रतिशतदेखि साढे १० प्रतिशतसम्मको व्याजदर प्रस्ताव गरेको छ ।
एनआईसी एशिया बैंकले साधारण बचतमा ७ तथा मुद्धती बचतमा साढे १० प्रतिशतसम्म व्याज दिने प्रस्ताव गरेको छ ।

त्यसै गरी सनराइज बैंकले ३ महिने मुद्धती खातामा साढे ९ प्रतिशत तथा सोभन्दा बढी अवधिमा १० प्रतिशत व्याज दिने भएको छ ।

एसबिआई बैंकले पनि मुद्धती निक्षेपमा ९ देखि साढे १० प्रतिशतसम्मको व्याजदर प्रस्ताव गरेको छ ।

प्राइम कमर्शियल बैंकले पनि साधारण बचतमा ७ तथा मुद्धतीमा साढे १० प्रतिशत व्याज दिने प्रस्ताव गरेको छ ।

मेगा बैंकले साधारण बचतमा ६ देखि ७ प्रतिशतसम्मका योजना अघि सार्दै मुद्दतीमा साढे १० प्रतिशत ब्याज प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकले साधारण बचतमा ७ प्रतिशत व्याज प्रस्ताव गर्दै मुद्धती निक्षेपमा ९ देखि साढे १० प्रतिशतसम्मको व्याजदर अघि सारेको छ

ग्लोबल आईएमई बैंकले मुद्दतीमा साढे १० प्रतिशत ब्याज प्रस्ताव गरेको छ

सिटिजन बैंकले १ बर्षे मुद्धतीमा साढे १० तथा ३ वर्षभन्दा साढे ९ देखि बढीमा बढीमा पौने १० प्रतिशत व्याजद दिने बताएको छ ।

नेपाल बंगलादेश बैंकले बचतमा ७ प्रतिशतसम्म तथा व्यक्तिगत मुद्धतीमा ८ देखि साढे १० प्रतिशत र संस्थागत मुद्धतीमा साढे ७ देखि साढे १० प्रतिशतसम्मको व्याज प्रस्ताव गरेको छ ।

लक्ष्मी बैंकले साधारण बचतमा ६ देखि ७ प्रतिशत तथा मुद्धती निक्षेपमा संस्थागतलाई ८ देखि १० प्रतिशत तथा व्यक्तिगतलाई साढे १० प्रतिशत व्याज दिने भएको छ ।

माछापुच्छ्रे बैंकले संस्थागत तथा व्यक्तिगत मुद्धती निक्षेपमा साढे १० प्रतिशतको व्याजदर अघि सार्दै एमबिएल स्यालरी म्यानेजमेण्ट एकाउण्टमा ६ प्रतिशत व्याजदर प्रस्ताव गरेको छ ।

एनसीसी बैंकले बचतमा ७ प्रतिशत ब्याज प्रस्ताव गर्दै संस्थागत र व्यक्तिगत मुद्दतीमा ४ महिनाभन्दा बढी समयका लागि साढे १० प्रतिशत ब्याज प्रस्ताव गरेको छ ।

कुमारी बैंकले साधारण बचतका सबै योजनामा ७ प्रतिशत व्याज दिने भएको छ भने मुद्धती बचतमा १० देखि ११ प्रतिशत व्याज दिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।