३४ प्रतिशतले घट्यो कारोबार रकम, अरु के भयो ?

Jun 22, 2018 merolagani

धितोपत्र बजारमा यस साता एक अर्ब १२ करोड ३१ लाख एक हजार रूपैयाँको कारोबार भएका छ । नेप्सेमा १९० कम्पनीहरूको १७ हजार २२८ कारोबार भएका हुन । यस साता ४९ लाख ६१ हजार एक सय १० कित्ता शेयरहरू खरिद बिक्री भएका छन् ।

यो कारोबार रकम गत साताको भन्दा ३४.७२ प्रतिशतले कम हो । गत साता १८६ कम्पनीहरूको कारोबार भएको थियो । जस अनुसार २३ हजार ३६८ कारोबारबाट एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार रूपैयाँ बराबरका ४८ लाख ६८ हजार ७० कित्ता शेयरहरू खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४.७७ अंकले घटेर अन्तिम दिन १२१८.४६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.९६ अंकले घटेर २५५.७५ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । नेपाल बैंकको सात करोड ३३ लाख ६० हजार रूपैयाँको कारोबार भएका छन् । त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । मेगा बैंकको दुई लाख ६९ हजार कित्ता शेयर यस साता कारोबार भएको छ ।

यस्तै कारोबार संख्याको आधारमा उन्नत्ति लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । जसको १३ सय ९६ वटा कारोबार भएका छन ।

यस साता सर्वाधिक कारोबार गर्ने ५ कम्पनीहरूमा नेपाल बैंकको ७३ लाख ३६ हजार रूपैयाँ, मेगा बैंकको ४७ लाख ४ हजार रूपैयाँ, एनएमबी बैंकको ४६ लाख ६३ हजार रूपैयाँ, ग्रामिण विकास लघुवित्तीय संस्थाको ४६ लाख १४ हजार रूपैयाँ र उन्नत्ति लघुवित्त वित्तीय संस्थाको ३९ लाख ६१ हजार रूपैयाँ भएका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

यस साता नेप्सेमा ७ कम्पनीका एक करोड ६४ लाख ४ हजार ४६७ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।