ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा ९० पुग्यो

Jun 22, 2018 Merolagani

ग्लोबल आइएमई बैंकले आषाढ ०८ गते शुक्रबार देखि सिराहाको कल्याणपुर नगरपालिका बेल्हामा ९० औँ शाखारहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले उदघाटन गरेका छन् । 

बैंकले बेल्हाका स्थानिय विजय कुमार शाहलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । 

बैंकले स्थानीयलाई बैकिङ्ग सेवा लिन टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्र्दै सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बताएको छ ।

बैंकको १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त बैंकिङ्ग सेवा दिदै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।