ठमेल क्षेत्रमा शनिवार विद्युत आपूर्ति बन्द हुने

Jun 22, 2018 MEROLAGANI

११ केभी प्रसारण लाइनको मर्मत सम्भारका लागि ठमेल लगायतका क्षेत्रमा शनिवार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

त्यस फिडरबाट विद्युत आपूर्ति भइरहेकाे लैनजौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो,हिटी पोखरी, जय नेपाल हल, हात्तिसार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

यसैगरी, नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा विद्युत आपूर्ति हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।