एनएमबी बैंकको एफपीओ ६२ प्रतिशत बिक्यो

Jun 22, 2018 Merolagani

धितोपत्र बोर्डले सेयर निष्काशन विधिमा परिमार्जन गरेपछि एनएमबी बैंकको एफपीओमा आवेदन आउन थालेको छ । यद्यपि यस अघिका एफपीओका तुलनामा बैंकको एफपीओ बिक्री हुन सकिरहेको छैन । शुक्रबारसम्ममा बैंकको ६२ प्रतिशत एफपीओ बिक्री भएको छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको जानकारी अनुसार शुक्रबारसम्ममा बैंकको एफपिओका लागि ५८ हजार ५ सय आवेदन परेकाे छ । २ अर्ब ३६ करोड रुपैयाँ बराबरकोे ७० लाख ८७ हजार ८७ कित्ता सेयरको लागि उल्लेखित आवेदन परेको नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले मेरोलगानीलाई बताए ।

बैंकले जेठ ३० गतेदेखि सर्वसाधारणको लागि एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरिरहेको छ । 

बैंकले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्न १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ३३३ रुपैयाँको दरमा एफपिओ निष्कासन गरेको हो ।

एफपिओ बिक्री पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने भने दुई अर्ब ६५ करोड रुपैयाँ को प्रिमियम जगेडा कोषमा सञ्चित हुने छ । बैंकले गत बर्षको नाफबाट कम्तीमा ४० करोड रुपैंयाको बोनस बितरण गरी चुक्ता पूँजी ८ अर्ब कायम गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।