मिर्मिरे र समता माइक्रोफाइनान्सले असार २७ गतेदेखि हकप्रद जारी गर्ने, कसले गर्न पाउँछ आवेदन ?

Jun 24, 2018 Merolagani

मिर्मिरे र समता माइक्रोफाइनान्स दुबैले असार २७ गते एकै दिनदेखि हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । मिर्मिरेले एक बराबर एक तथा समताले दुई बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न लागेकाे हाे ।

मिर्मिरे लघुवित्त (MMFDB) ले चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रदको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

हकप्रदमा जेठ १७ गतेसम्म कायम रहेका सेयरधनीले साउन २९ गतेसम्म आवेदन गर्न पाउनेछन् । धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय बनेपा काभ्रे तथा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, बुटबल र धनगढी र शाखा कार्यालयबाट समेत हकप्रदमा आवेदन गर्न सकिने जनाइएको छ ।

चार करोड ५० लाख चुक्ता पूँजी रहेको लघुवित्तको शतप्रतिशत हकप्रद पूँजीकरण पश्चात चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । गत बर्षको नाफाबाट लघुवित्तले ३०.८० प्रतिशत बोनस वितरण गरेको छ । बोनस पश्चात कम्पनीको पूँजी १० करोड ३८ लाख ६० हजार कायम हुनेछ ।

लघुवित्तको सेयरमूल्य बिहीबार प्रतिकित्ता एक हजार ६१७ रूपैयाँ रहेको छ । गत भदौ २६ सम्पन्न लघुवित्तको विशेष साधारणसभाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

उता समता माइक्रोफाइनान्स(SMATA) ले पनि असार २७ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । लघुवित्तले दुई बराबर एक अनुपातमा एक लाख ८९ हजार ६०० कित्ता हकप्रद जारी गर्न लागेको हो ।

समता माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रदमा असार ११ गतेसम्म कायमरहेका सेयरधनीले साउन २९ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् ।

त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय सिमरा बाराबाट पनि हकप्रदमा भर्न सक्नेछन् ।

लघुवित्तको चुक्ता पूँजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

बिहीबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता २१७० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको गत मंसिर १६ गते सम्पन्न चौथो बार्षिक साधारण सभाले यो हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

हरेक नेपालीलार्इ शेयरधनी बनाउन ३५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

Sep 25, 2018

सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ।‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो।