भार्गव विकास बैंकले असार १७ गतेदेखि संस्थापक सेयर लिलामी गर्ने

Jun 24, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) ले हकप्रदमा अवितरित भएको संस्थापक तर्फको हकप्रद सेयर असार १७ गतेदेखि सर्वसाधारणका लागि लिलामी खुला गर्ने भएको छ । बैंकले ६ लाख ६७ हजार ७०६ कित्ता सेयर लिलाम बढाबढमा सर्वसाधारणका लागि विक्री गर्ने भएको हो ।

बैंकले लिलामीमा ल्याएको संस्थापक समूहतर्फको सेयर किन्न इच्छुक व्यक्ति तथा संघ सस्थाले असार १७ गते देखि २४ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । इच्छुकले एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकको रङ्गेलीरोड विराटनगर, बुटवल, सुर्खेत, वीरगञ्ज, पोखरा धनगढीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरि भार्गव विकास बैंकको प्रधान कार्यालय नेपालगञ्जबाट पनि बोलपत्र पेश गर्न सकिने जनाइएको छ ।
लिलामी सेयर न्यूनतम एक सय रुपैयाँ देखि बढाबढ मूल्यमा एक हजार कित्तादेखि १० ले भाग जाने गरी सम्पूर्ण सेयर खरिदका लागि माग गर्न सकिने छ ।

आइतबार बैकको सेयरमूल्य प्रतिकित्ता १२८ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

बैंककाे लिलामीकाे सूचना यहाँबाट हेर्नुहाेस् ...

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।