रिलायन्स लाइफले ६३ लाख कित्ता आइपिओ स्वीकृत गर्न बोलायो साधारण सभा

Jun 24, 2018 Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरेको छ । एक अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले दुई अर्ब चुक्ता पूँजी पुर्याउन ६३ करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्न लागेको हो । यसका लागि रिलायन्सले यही असार ३१ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको दरमा ६३ लाख कित्ता आर्इपिओ जारी गर्न लागेको हो । यसका अलवा रिलायन्सले साधारण सभामा सञ्चालक समितिको निर्वाचन गर्ने, हाल सम्मको वित्तीय विवरणहरु स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्ति तथा परिश्रमित निर्धारण गर्ने प्रस्ताव लैजाँदै छ । 

प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गर्दैछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।